Pages

Wednesday, March 07, 2012

गजल ४

गणतन्त्र आयो भन्थे मुहान भेटिन
बिद्रोहमा छोरो मर्यो चिहान भेटिन !!


शान्ति आयो कागजमा आभाष भएन
ढुक्क बनी श्वास फेर्ने बिहान भेटिन !!


सन्तानको  रगतले भिजेको छ माटो
मस्त हुँदै निधाउने ओछ्यान भेटिन !!



हुतिहारा दुनियाँमा को छ र अछुतो
देशको निम्ती डटी लड्ने जवान भेटिन !!


त्यो फागुण सात पनि बिर्सिए सबैले
हाम्रा वीर शहिदको सम्मान भेटिन !!


जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: