Pages

Saturday, March 24, 2012

गजल

जीतु खड्का गाउले
नगरी बिवाह जन्मायौ नानि कुमारी ठानु कि
घुमेर बजार जवानी बेच्छौ ब्यापारी ठानु कि !१!

निसाना अचुक रहेछ तिम्रो पार्यौ नि भुतुक्कै
नजर जुधाइ घाइते पार्छौ सिकारी ठानु कि !२!

गोधुली साँझमा एकान्त माझ बोलायौ मलाई
सुटुक्कै आउने पठायौ निम्तो सुपारी ठानु कि !३!


बलेको जवानी उम्लेको बैश पोख्दैछौ छल्काइ
ओठको मुस्कान चुम्मन खाजा नेवारी ठानु कि !४!

भुलेर संसार मस्त छौ तिमी पर्खिन्न बैसले
काफि छ ईशारा बुझ्दछौ कुरा मतारी ठानु कि !5!

झुक्याइ संसार बेचेर बैश हुँदै छौ नजिक
लगाइ जलप सक्कली भन्छौ बजारी ठानु कि !६!

अंधेरी रातमा गरेको पाप पखाल्छौ धोएर
मन्दिर धाउछौ बोकेर थाली पूजारी ठानु कि !७!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: