Pages

Sunday, March 25, 2012

गजल

फुर्कायो भनेर फुरुक्क नहुनु
घुर्कायो भनेर लुरुक्क नहुनु !!

बैगुनी माँयाको आएर झझल्को
पागल बनेर हुरुक्क नहुनु !!

जवानी आगो हो बालेर नताप
पग्लिदै चुएर तुरुक्क नहुनु !!


नहुनु मुखाले सहनु राम्रो हो
रिसले मुरिदै बुरुक्क नहुनु !!

सताए आफ्नाले मताए आफ्नाले
मानेर दिक्दार धुरुक्क नहुनु !!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल -साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: