Pages

Monday, April 02, 2012

गजल १५


ओत लाग्ने तिम्रो मेरो छानो भिन्ना भिन्नै 
मिलीजुली बांडी खाने दानो भिन्ना भिन्नै !!

तिम्रो मेरो गरी खाने बारी छुट्टा छुट्टै  
आजै बाट पस्की खाने मानो भिन्ना भिन्नै!! 

आफ्नो आफ्नै बाध्यता छ हेर माहुरिको 
घार एकै कठै बरा! रानो भिन्ना भिन्नै!!


हाँस्दा हाँस्दै बली चढें सँगै होमियौ तिमी  
काटिनु त सगै थियो अचानो भिन्ना भिन्नै !!

उस्तै कथा उस्तै ब्यथा थिए कोरिएका 
बेदनाको कथा उस्तै पानो भिन्ना भिन्नै !!

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: