Pages

Wednesday, March 07, 2012

गजल ६

आँशुले नै भिजेको छ शिरानी मेरो
अंधेरिमा लुकेको छ बिहानी मेरो !!

दन्किदै छ ज्वाला अझै यो छाती भित्र
जली मुटु बनेको छ खरानी मेरो !!

घार्‍र घुर्र आवाज थ्यो गरायौ बन्द
नेती छिन्दा स्तब्ध छ मधानी मेरो !!


अन्जानैमा भयो गल्ती चिनिन मैले
संगत जो थ्यो भयो बुद्दी अज्ञानी मेरो !!

कयौ दिन बित्यो अझै मिलेन छुट्टी
आफ्नै घर आँगन भयो बिरानी मेरो !!

साहुको त्यो रिण तिर्न भनेर आए
प्रदेशमै बित्यो सारा जवानी मेरो !!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: