Pages

Tuesday, March 20, 2012

छन्दमा गजल कोर्ने प्रयास

लुकेको ब्यथा देखीनौ किन?
छुटेको कथा लेखीनौ किन ?

संघार बेर्यौ नजाने जस्तो
मझेरी मेरो टेकीनौ किन ?

अमीलो हाल्यौ लगाई चोट
दुखेको मुटु सेकीनौ किन?


लगायौ दोष कूम्ल्यायो भनि
लुकाई पेवा चेपीनौ किन ?

ढलाई शीर बोलीनौ कहि
बनाई सानो हेपीनौ किन ?

छन्द - जवाकस्तूरी
lSS SSl SSS S
(पाच मात्रा पछी बिस्राम )
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: