Pages

Tuesday, March 20, 2012

गजल

संबिधान नलेखेरै थाक्ने हरु कती कती
देशलाई भड्खालोमा जाक्ने हरु कती कती!!
.
ए प्रचन्ड प्रभु लौन मलाई नि जुराइ देउ
दुई कडोर पाँउ भन्दै भाक्ने हरु कती कती !!
.
बाघको त्यो छाला भित्र स्यालको पो रजाइ भो
सगरमाथा शिखर त्यो ताक्ने हरु कती कती !!

.
जुन जोगी आए पनि कानै चिर्ने झोलै भिर्ने
नेपाल नै लुटीखाने झ्याक्ने हरु कती कती !!
.
क्रान्तिकारी नेपाली हौ लक्ष्य हाम्रो बिकास हो
आदर्शका खोक्रा कुरा फ्याक्ने हरु कती कती !!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: