Pages

Tuesday, March 20, 2012

गजल

सपना छ छताछुल्ल समेटुं पो कसरी म
बरालिन्छ आफ्नै मन अचेटुं पो कसरी म!!

उनीबिना छैन चाल ठप्प भयो जिन्दगी यो
समयको गती संगै घचेटुं पो कसरी म !!

कर्तब्यको कुम्लोबोकी गन्तब्यमा हिनेको छु
रहरले जिस्काउछ लखेटुं पो कसरी म !!


लुटुपुटु गर्छे काली अर्काकै हुँ नासो म त
ममताले गुटुमुटु लपेटुं पो कसरी म !!

सुस्त सुस्त चलेकै छ गाँउलेको जिबन यात्रा
बेग छैन जिन्दगीको घसेटुं पो कसरी म !!

जीतु खडका गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: