स-सम्मान सितालाई फर्काएरै छोड्छु ||
तिम्रो भाले नबासे नी उज्यालो त हुन्छ
जती छेक हत्केलाले म उदाएरै छोड्छु||
गौतम बुध्द नेपालमै जन्मिएका थिए
दुनियाँ माझ यो संन्देश पुर्याएरै छोड्छु||
देश लुछ्न तयार छन भोट हाल्छु फेरी
भोका ब्वाँसा र जुकालाइ अघाएरै छोड्छु||
जातित्वको आगो बल्दा लोलाएका फूल
फूलाउन एउटा कुवा खनाएरै छोड्छु ||
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 