बिचरा राउत दाईलाई के थाह चुइगम हो कि के हो उनले दिएको थ्यो त्यती शिक्षित भएको भए कसरी प्रयोग गर्ने ज्ञान भएको भए लुतु लुतु राउतनी भाउजु बर्स्याउते हुन्थिन कि क्या हो ??
राउत दाइले लजाउदै प्रश्न गरे यो के हो कसो गर्नु
स्वयक सेविकाको आफ्नो धर्म झोला बाट एउटा हलोको ठेडी भन्दा अलिक ठुलो मकैको खोया जत्रो पलास्टिको लुम्सो निकाले त्यो प्याकेट च्यातेर ई यसरी प्रयोग गर्नु पर्छ भन्दै देखाइन बिचरा माथि डाँडामा बसेर कन्सुत्ली लागेर सुन्दै गरेका धामी साँइलाको मुख बाट हाँसो को खित्का निस्किन्छ |
बिचरा राउत दाइ ती झोले डाक्टरले सिकाए झैँ साझमा यौन सम्पर्क गर्ने बेलामा चै मकै खोजि खोजि छोडाएर खोयामा कण्डम लगाए आफ्नो दैनिक कार्य सुचारु गर्दा रहेछन फेरी भाउजु त बर्स्यौते नै
थुक्क बुध्दी
गाँउमा स्वास्थ्य चौकी बने पछी अचेल धामी साँइलाको पुरानो पेसा सँकटमा परेको छ | साधारण ज्वोरो आउँदा नि उतै कुद्ने बनाइ सकेकी छिन ति झोले डाक्टर ले
बिचरा धामी साँइलो चिलाउनेको डुँड लाई खोली खोपी चिटिक्क पारेर बाँदरको छालाले मोडेर ढ्याङ्रो बनाएर कुकुर डाइनेको डन्ठाले त्यो ढ्याङ्रो ठटार्दै
सत गुरु बाचा
पुछर भाको माछा
हं हँ हेर हँ हँ हेर
चामल भन्दा पैसा धेर
भन्दै रात भरी मधौरोको कानको जाली फुट्ने गरी ढ्याङ्रो थर्काएर डायन् लागेको बोक्सी लागेको काले मसान बिरे मसान
ओडारे भुत बायु लागेको भन्दै
अन्साइ मन्साइ गर्न कालो बोको बास्ने भाले कोर्कोराउने पोथी चाहिन्छ भन्दै
सोझा साझा गाउलेलाई ठगेर मासु भात हसुर्न पल्केको आज भोली ५०० रुपया किलो खसिको मासु किनेर खानु पर्दा छाला न ..डा भएको छ|
समय अनुसार मान्छे परिवर्तन हुन्छन चेतनामा पनि बिकास हुन्छ भन्ने धामी साँइलोले नबुझेको पक्कै हो तर
बरबोटे साँइलाले यो कुर मजाले बुझेका रहेछन
काँधमा रेडियो हालेर तरुनी पट्याउने जमना गएछन भन्दै श्यामसुङी ग्यालेक्सी र आई फोन बोकेर हिनेको देख्दा थाहा भयो
समयलाई सबैले चिन्न सक्नु पर्छ
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 