Pages

Monday, December 23, 2013

गजल

अभाबको छानो थियो धारेर गए
समस्याको भुमरीमा छारेर गए!!

आँशु पुछ्न उठेका थे हातहरु उन्का
थुम्थुम्याए अनी गाला मुसारेर गए!!

रहस्यको पर्दा भित्र लुकेका थे कुरा
के हो भनी प्रश्न गर्दा पारेर गए!!

मोती सम्झी आँखाभित्र सजाएको आँशु
कसिङ्गार सम्झिएर ढारेर गए !!

साँझ पख बास माग्न आएका थे कोही
'गाँउले'को सारा खुशी निखारेर गए !!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: