Pages

Monday, December 30, 2013

लघुकथा (मसिने दाई )

जनआन्दोलनको घाइते मसिने दाई 

हाम्रा गाँउमा मसिने दाई र भाउजु थिए 
अरुबेला खुब मिल्थे खाने बेलामा भाग नमिलेर खुब 
झगडा गर्थे एक दिन यस्तैमा तिहुन भाग लाउदा सहमती 
नभएर मसिने दाई वार्ता भङ भयो भन्दै उठ्न लागेको बेला 
क्रान्तिकारी भाउजुले दाइलाई चित्त बुझ्ने गरी तिहुनको सम्बोधन गर्न 
आफुले पाएको प्रतक्ष भागबाट मसिने दाइको चित्त बुझाउन समानुपातिकको बाटो अपनाएर तिहुन थप्ने निहुमा डाडुले बजाइछीन खप्पर मै 
क्रान्तिकारी बुढीले सामन्ती लोग्नेलाई 
तीन त्रिलोक चौध भुवन 
बाउको बिहे आमाको बर्तमन 
देखाइ भन्नको लाजले 
भात छोडेर बाटोमा जिन्दाबाद मुर्दावाद नारा घन्काउन थालेछन 
दैब सन्जोग ६२- ६३ को आन्दोलन रहेछ दाइले आफ्नो टाउको रक्ताम्य भएको 
फोटो खिचेर फेसबुक लगायत पत्रपत्रीकामा
आन्दोलन गर्दा 
सरकारद्वरा दमन गरी प्रहरीले 
खप्पर फोरेको भनेर हल्ला फिजाएछन 

बुढाको पंहुच माथि सम्म नै भएको हुँदा 
आन्दोलनको घाइते भनेर भत्ता पनि 
कुम्ल्याएका थिएँ जमनामा 
झन्डै बुडा समानुपातिकमा परेका थिए 
देश र पार्टिको लागि योगदान गरेको भनेर 
देश बन्द गराउदै हिंडे पछी सडकमा टायर बालेर बाटो अबरोध 
गरे पछी पुलिशले खप्पर नफोरेर घैटा फोर्छ त ?
मसिनी भाउजु को जय होस् 
एक डाडु हिर्काउदा अहिले सम्म नुन भुटुन चलीरहेको छ मसिने दाईको घरमा
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: