Pages

Monday, December 30, 2013

गजल

साँझ ढल्दा कहिले काही अबेलामा भेट्थ्यौ 
प्राय जसो उनी र म उजेलामा भेट्थ्यौ !!

सुराकी थिन आमा उन्की पहरेदार बाउ 
मूलदैलामा बुढा कुर्थे जस्केलामा भेट्थ्यौ !!

आँखा आँखा जुधेपछी कुरा बुझ्थ्यौ हामी 
इसारा नै काफी हुन्थ्यो सुसेलामा भेट्थ्यौ!!

आमा बा लाई देखाउदै धर्ममाथी आस्था 
चण्डी नाच्ने निहु गरी साकेलामा भेट्थ्यौ!!

गाँउलेको झैँ झगडा मिलाउने निहुमा 
छिमेकीको कचिंगल र झमेलामा भेट्थ्यौ!!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: