Pages

Sunday, January 12, 2014

गजल

किन मान्छे यती धेरै गुन गरेर जान्छन् 
पुरानो घाऊ चिथोरेर नुन भरेर जान्छन्!१! 

आँत्माहत्या गरुँ जस्तो लाग्छ मलाई पनि 
जब चर्चा सुन्छु तिन्को जुन मरेर जान्छन्!२! 

गिज्याउछन् धुरी बाट तिनै ताराले मलाई 
मिर्मिरेमा निहाल्छु म कुन झरेर जान्छन्!३! 


समयको सुइ सँगै आफ्ना पाइला चाल्नुस् 
गुज्रे याम मकैमा नि घुन परेर जान्छन्!४! 

आफु सुध्रे पो सन्तती तिम्रा सुध्रिन्छ्न यहाँ 
गाउँले भन्छ सन्तानमा खुन सरेर जान्छन्!५! 

जीतु खडका गाउँले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: