Pages

Thursday, January 09, 2014

कप्टेरो एक परिचय




साहित्यको नाममा दिनहु उम्रिने गरेका नयाँ नयाँ बिधा जस्तै सजिलै साहित्यकार बन्न सकिने उदेश्य बोकेर नेपाली जन जिब्रोमा
झुन्डिएका केही उखान त टुक्का सँग एक हरफ आफ्नो रचना उखान टुक्का सँग मिल्ने अनुप्रास राखी तर्जुमा गरिने रमाइलो बिधाको
नामको कप्टेरो ! २०१४ जनवरी ८ तारिखको दिन जीवन निरौला र जीतु खड्का गाउँले द्वारा रमाइलो प्रायोजनको लागि तयार पारीएको
यो बिधा रसिलो र रमाइलो लाग्ने छ पाठक को निमित्त ! भनिन्छ एउटा बच्चा दिनमा १५० हाँस्छ बस्यक ब्याक्ती नचाहेर पनि दिनमा
कम्तिमा ६ पल्ट हाँस्छ ! हाँस्नु श्वासथ्यको लागि फाईदाजनक छ भनी डाक्टरद्वारा सिद्द भै सकेको छ तसर्थ कप्टेरो एक रमाइलो बिधा
भएको हुँदा पाठक र साहित्यकारको सवास्थ्यको लाई फाईदाजनक भएको बैज्ञानिक कारण दाबी गर्न सकिन्छ !

यही रमाइलो स्वास्थ्यको लागि फाईदाजनक हुने अबधारणा अन्तगत भित्राइएको बिधा हो

नियम



कुनै पनि स्वनिर्मित गजलको सम्रचना मतलाले निर्धारण गरे झै यो बिधामा गरिने सुरुवात कथन उखान टुक्काले आफ्नो लय स्वनिर्मित बनाउने छ! तसर्थ सुरुवातमा
१ सुरुको पहिलो हरफमा नेपाली उखान टुक्का पूर्ण रुपमा राखिनु पर्ने छ
२ दोस्रो हरफमा उखान र टुक्का लाई सम्बोधन गर्दै अनुप्रासको साथमा लेखकले आफ्नो क्षमताको दर्हिलो प्रस्तुती पेस गर्दै केही सन्देश दिने कोशीस गर्नु पर्ने छ
३ तेस्रो  हरफ मा कुरो बुझ्नुस् राखेर
४ चौथो हरफमा घर तिर कुद्नुस्
राखेर रमाइलोको साथ पूर्ण गर्न सकिने छ

केही उदाहरण हेरु

कप्टेरो १ 
तातो पानीले धुरी जलाउदैन 
बुध्दीमानीले सर्प चलाऊदैन 
कुरो बुझ्नुस् 
घर तिर कुद्नुस् 

कप्टेरो २ 
नाँच्न  नजान्ने आँगन टेडो 
सम्झाउदा नबुझ्ने मान्छे भेडो 
कुरो बुझ्नुस् 
घर तिर कुद्नुस्
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: