Pages

Saturday, May 17, 2014

गजल

भट्टीबाट निस्किएपछी हो-हल्ला भो बजारमा 
नपिउनेले पिएपछी हो-हल्ला भो बजारमा !!

एकै घुड्की लिनु थियो किन कुर्नु साँझ मैले  
दिन दहाडै लिएपछी हो-हल्ला भो बजारमा!!

आँशु पिउदै मर्दै जिउदा चर्चा कतै भएन खै 
सुरा पिउदै जिएपछी हो-हल्ला भो बजारमा !!

पिउन कती गार्हो हुन्छ पिएर त हेर तिमी  
चुनौती त्यो दिएपछी हो-हल्ला भो बजारमा!!

एउटा नाम लुकेको थ्यो गाँउलेको छाती भित्र
बेहोसीमा सम्झिएपछी हो-हल्ला भो बजारमा!!

जितु खड्का गाउँले
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: