Pages

Saturday, May 17, 2014

गजल ४ शेरे

पिरतीका झुटा कसम खानेलाइ सलाम छ 
चोइटा चोइटा पारी मुटु जानेलाइ सलाम छ!!

आँखाबाट ओझेल भए सौगातमा आँशु दिदै  
बदलामा खुशी दाइजो लानेलाइ सलाम छ  !!

साँची राखी बुढासुब्बा सँगै जिउने मर्ने भन्दै  
खाको कसम तोडी जाने धरानेलाई सलाम छ!!

एकै छिन् त भुलिन्छ नि पीडाहरु पिएपछी  
दुखेको मन बहलाउने तीनपानेलाइ सलाम छ!!

-जीतु खड्का
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: