Pages

Wednesday, August 13, 2014

गजल

तिम्रो जस्तै सानु बाध्यता छ मेरो
आधा पेट खानु बाध्यता छ मेरो !!

बाटो छेक्दै काल मेरो अघी आँउदा
आँखा चिम्ली जानु बाध्यता छ मेरो !!

निदाउँदैन भुन्टे नखाए त राती
जोहो गर्न मानु बाध्यता छ मेरो!!.



कमाउनु खानु नियती भो आज
मर्दा छैन लानु बाध्यता छ मेरो !!

तिम्रो जस्तो मिठो सक्दिन म लेख्न
सुन मोती भानु बाध्यता छ मेरो !!


जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: