Pages

Wednesday, September 17, 2014

आधुनिक गजल

शिरमाथी कालो चेस्मा टक्कसंग अढाईने छ
झिल्केठिटो मै हु भन्दै दुनियालाइ देखाइने छ!!

मोटरसाइकल भन्दा मँगो पेट्रोल पर्न थालेपछी 
ससुराली जाँदा अब भैया साइकल चलाईने छ

शहरको भिड भाड घुँइचो उस्तै हुने हुँदा 
घन्टी ठोक्न छोरोलाई डन्ठीमाथी बसाइने छ!!


ज्वाँई आको देखे पछी राडी राख्छिन सासु माँ ले
राडी माथी बिँडी तान्दै उप्परखुट्टी लगाईने छ !!

अस्टमीमा घोर्ले खसी च्याट्ट काट्ने यो दसैमा
भुटुन सेकुवा बनाएर टुच्च लार मनाइने छ !!

ससुरा बा लाखा पाखा सासु छिर्दा भान्सा तिर
काली भा नी सालीसंग देब्रे आँखा जुधाईने छ !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: