Pages

Wednesday, September 17, 2014

गजल

अचेल मलाई मेरो सरकार माहान जस्तो लाग्छ 
बेरोजगार समस्या त सम्मान जस्तो लाग्छ !!

शिक्षा दिक्षा हैन सरकार राहादानी दिनुस् 
नेपालीलाई दुबै कतार घुर्यान जस्तो लाग्छ!!

बर्षौ भयो आफ्नै आँगन नटेकेको मैले 
सम्झिन्छु म आफ्नै गाउ मुग्लान जस्तो लाग्छ!!


हत्या हिँसा बलत्कार दिन दहाडै हुँदा
संम्बिधानमा लेखिएको बिधान जस्तो लाग्छ!!

उ जात र कु जातको त्यो झगडा देख्दा
मेरो देश भबिश्यको सुडान जस्तो लाग्छ !!

छ सय एक बेरोजगार सदन भित्र देख्दा
नेता आए देश लुटे उखान जस्तो लाग्छ !!


जीतु खड्का गाउँले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: