Pages

Wednesday, September 17, 2014

आधुनिक गजल

क्षेत्री बाहुन शोसक हुने बुध्दी चतुर देखेपछी 
सामन्ती रे उस्को जग्गा कठ्ठा धुर देखेपछी !!

यो कारणले छुट्टी जाँदा केहीपनी बोक्दिन म 
अरपे भाई आयो भन्छ्न् ठुलो कन्तुर देखेपछी!! 

चिच्याउनु पर्दैन भो सत्यकुरा साबित गर्न 
उस्ले गर्छ चर्का कुरा आफ्नो कसुर देखेपछी !! 



पथ्थर पुज्ने हिन्दू भन्दै सतरा श्राप गर्नेहरु 
शिर झुकाइ आउने छन् कोहीनुर देखेपछी !!

बाहुन क्षेत्री भन्दै नाकको बफ्याइ गर्दै नथाक्नेले 
कट्टु भित्रै सुसु गर्छ्न् जीत बहादुर देखेपछी!!

जितु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: