Pages

Friday, January 16, 2015

गजल

पोखी दिन्थे मनको बह सुनीदिने कोही भए 
छछल्केर झर्दा अाँशु पुछीदिने कोही भए !!

छुट्ने बेला रुमाल चिनो दिएकी थिन् निस्ठुरीले
फिर्ता दिन्थे उनैलाई लगीदिने कोही भए !!

न त कोही आफ्ना भए न त कोही बिराना नै 
बाडुली त लाग्थ्यो होला सम्झीदिने कोही भए!!

हत्केलामा रेखा बनाई भाग्य लेख्न भुल्यो दैव 
आफ्ना रेखा आफै मेट्थे लेखिदिने कोही भए!!

बन्दकिमा राखी जीवन नचल्ने भो गुजारा यो 
लीलामिमा बस्छु अब बेचिदिने कोही भए !!

जितु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: