Pages

Friday, January 16, 2015

गज़ल

जन्मेर मर्नु छ सत्य हो डर छैन 
आज छ जिन्दगी भोलिको भर छैन !१!

जलाउ यो शहर बनाउ खारानी 
मलाई के भो र याँ मेरो घर छैन!२!

नहिंड्नु रातमा भनेकै हो मैले 
मर्जी जो तिम्रै हो नमाने कर छैन!३!

गिज्याउछन् जूनतरा धुरिमा झरेर 
उदाङै छ छानो छाँउ भने खर छैन!४!

वाध्य छु हिंड्न म मृत्‍युको बाटोमा 
अभाब छ् साथमा नहिडी धर छैन!५!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: