Pages

Friday, January 16, 2015

गजल

सुनाउछौ आफ्नै कथेर काहानी 
भन्दछौ लुटाई लुटियो जवानी!१!

सक्दिन दिन म रित्याई आफैलाई 
नमाग शरीर जलाई खरानी !२!

बनाइ कामुक छोडेर जाने त्यो 
म हैन प्रियसी हावा हो बैमानी!३!


झस्किन्छ तपस्वी छोडेर तपस्या 
छल्काइ जवानी नहिड ए-सानी!४!

मलिन छ मुहार भन के बिरायौ?
चिसै छ चुल्हो त की  पोख्यौ  चौलानी!५!

जीतु खड्का गाउँले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: