Pages

Friday, July 31, 2015

गजल

गरौला खेती लेक र बेसी धाएर पियारी 
आँठो र पाँजो अर्म र पर्म लाएर पियारी!!

हलो र जुवा काँधमा हाली जाने छु मेलैमा 
तिमीले देको भुटेको मकै खाएर पियारी!!

राखेर बाँझो खेत र बारी के बस्नु विदेशमा 
नारौला हलो जोतौला खेत आएर पियारी!!



लहमा लह धानका बाला झुलाउला आलीमा 
छुपु मा छुपु रोपौला खेत साएर पियारी !!

छ्यापेर हिलो मैजारो गरौ बियाडे गर्हामा 
रमाइलो मान्दै हाक्पारे भाका गाएर पियारी!!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: