नपिउ भन्छु पिउन मन लाईहाल्छ!!
अचम्मको साईनो हुन्छ भट्टीभित्र
साथी जस्तो भाईथाप्छ दाईहाल्छ!!
सधै अधुरो सधै अपुरो हुन्छ कहानी
एउटा भन्दै गर्छ अर्को निधाईहाल्छ !!
हेर्नुस् कती मायाँ गर्छ उस्ले मलाई
भट्टी भित्र पस्दै गिलास थमाइहाल्छ!!
यो कारणले गजलकार मानेको छु
भट्टी भित्रै उस्ले मेहफिल जमाइहाल्छ!!
तिम्रा जस्तै पीडा होलान् गाँउलेको पनि
थाहै हुन्न मुस्कानभित्र लुकाइहाल्छ!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu 
0 सुझाबहरु:
Post a Comment