Pages

Friday, March 10, 2017

गजल

गह भरी आँशु बोकी मुस्कुराउनु पर्ने 
थाहा छैन रुनी हो'की मुस्कुराउनु पर्ने!१!

तिम्रो जस्तै हबिगत छ मेरो पनि मित्र 
दु:ख पर्दा पनि जो'की मुस्कुराउनु पर्ने!२!

फाटेको त्यो दौरा देखाइ गिज्याउँदा मलाई 
बाध्यता छ जिब्रो टोकी मुस्कुराउनु पर्ने!३!

मुस्कुराउन खोज्दा ओठ आँशुपोख्छ आँखा 
नियती छ आँशु रोकी मुस्कुराउनु पर्ने !४!

यही आशमा दु:ख झेल्दै बाँचेको छ गाउँले 
आउला दिन छाती ठोकी मुस्कुराउनु पर्ने!५!


जितु खड्का गाउँले 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: