Pages

Saturday, June 17, 2017

गजल

पछितिर खाडी थियो अगीतिर भिर थियो 
राखी दिए पाउ मैले जानै पर्ने आखिर थियो!!

गणतन्त्रले दिएको यो उपहार हो भन्थे कोही 
टुहुरालाई खुँडा थियो बिधुवालाई अविर थियो!!







खाली खुट्टा हिन्ने नेता पजेरोका सौखिन देख्छु 
के शहीदको बलिदान मात्र यस्कै खातिर थियो?


रहरले म पनि त मुग्लान पस्या होइन हजुर 
लालाबाला भोकै होलान भन्ने यही पीर थियो!!

भगवान माथि भरोसा त तैले देखी उठ्यो मेरो
जहाँ छोरी बलात्कार भै सामुन्नेमा मन्दिर थियो!!

जितु खड्का गाउँले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: