Pages

Monday, June 05, 2017

गजल

हातेमालो साहित्य सँगमले आयोजना गरेको रास्ट्य गजल गजल प्रतियोगितामा ४०० गजलमा प्रतिस्पर्धा  गर्दै  टप  २० को तेस्रो स्थानमा पर्न सफल यो मेरो गजल 

गजल
खुकुरीको धार माथी राखी जिन्दगी यो 
बिताउनु छ यसैगरी बाँकी जिन्दगी यो

हाँस्न खोज्दा झर्छ आँशु खुशी रित्तिएर 
थाहै नपाइ भैसकेछ खाली जिन्दगी यो

फूलै फूलको संसार खोज्दा काँडै काँडा भेटे 
राखी दिएँ मैले त्यसै माथी जिन्दगी यो

एउटा बिन्ती बिसाउंदै छु बताउ न दैब 
के सोचेर दिईस तैले पापी जिन्दगी यो

गाँउलेको झुप्रो भित्र खुशी खोज्दा खोज्दै 
दु:ख सँगै लोलाएछ दासी जिन्दगी यो

Contestant Number 3

जितु खड्का गाउँले, मोरङ उर्लाबारी

हाल यो गजल भोटिङमा भएको हुँँदा गजल मन परे भोट गरीदिनु हुन अनुरोध गर्दछु ! हजुरको एक भोट अमुल्य रहनेछ बिजेताको निम्ती 
भोट गर्नको निम्ती 
नेपालबाट 
मोबाइलको म्यासेज बक्समा  गएर  HSSलेखी एकपल्ट स्पेस दिएर लेखी ३३००१ मा सेन्ड गर्नु होला 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: