Pages

Tuesday, January 22, 2013

मुक्तक

अधुरै भए सपना ति आशा मेरा रित्ता भए 
बोटै खायो खडेरीले बाँझा मेरा कित्ता भए|
लुगलुग मुटु काम्यो मेरो तुसारोले छाए पछी 
छैन ठाउँ ओत लाग्ने चिसा मेरा भित्ता भए||

तेरो आयु सकिदै छ भनेनन खै कसैले नि 
भन्थे होला कसैले त आयु नाप्ने फित्ता भए |
सहिदको माग गर्दै नखाख्नु लास सडकमा
मझेरिमै पुरिदिनु खाली दुई बित्ता भए||



जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish