Pages

Tuesday, September 13, 2011

गजल

उम्लिएको बैश तिम्रो पोखिएला कुनै दिन 
मर्यादाको सिमारेखा तोकिएला कुनै दिन ||

के हो लक्ष्य थाहा छैन कहाँ पुग्छौ आँफै भन 
आँखा हेरी चाल पाइला ठोकिएला कुनै दिन ||


छोप्ने जती छोपे हुने लाजका ति पोका हरु 
आशा गरौ घुँडा सम्म छोपिएला कुनै दिन ||

बैश हुँदा स्यालै घोर्ले कस्ले हेर्छ दिन दुखी  
सद्भभाबका बिज हरु रोपिएला कुनै दिन ||

जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: