Pages

Tuesday, September 13, 2011

गजल

भरोषाको आगो निभ्यो झोस्दा झोस्दै थाकी सकें 
बल्ने आशा झिनो थियो ठोस्दा ठोस्दै थाकी सकें||

हाँसौ त म कसो गरी छाती भित्र पिडा बोकी 
आफ्नै खुशी लुटी सके खोस्दा खोस्दै थाकी सकेँ||


ऋण काडी बिदेसिनु साहु पोस्नु मात्र रै छ
कती पोस्नु साहु मैले पोस्दा पोस्दै थाकी सकें ||  

बाँच्न लाई गार्हो पर्‍यो  बचाउने त कुरै छोड  
के पो दिने सन्तति लाई सोच्दा सोच्दै थाकी सकें|| 

पाक्छ ढुङो खान्छु भन्थे मर्न लाग्यो आशा अब 
नपाक्ने भो ढुङो पनि घोच्दा घोच्दै थाकी सकेँ ||

जीतु खड्का( गाउले)
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: