Pages

Tuesday, September 13, 2011

गजल

जन्मनु नै ब्यर्थ तिम्रो  किन जन्म्यौ जगतमा
नगर भो सौदा बाजी शहीदको रगतमा ||

भाई फुटे गवार लुटे बुझे हुन्थ्यो नेता ज्यूले
सिंगो देश ब्यर्थै टुक्रा नपार भो फगतमा ||


कर्मचारी ब्रम्हचारी हलिया नै भए हजुर
आगमन नेता ज्युको खट्नै पर्‍यो स्वागतमा||

नदी नाला टोपी दौरा बेची सके राष्ट्रियता
आफ्नै चेली बेच्थे होला पाए भने नगदमा||

जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: