Pages

Thursday, December 29, 2011

गजल (घायलको तरही मुसायरा २९ बाट )

जिन्दगीका तनाबाना तिमी सँगै बुन्छु नि म 
सहयात्री तिमी नै हौ तिमीलाई चुन्छु नि म !!

दु:ख सुख बराबरी जिन्दगीको पाटो हाम्रो 
हाँस्दा तिमी सँगै हाँस्छु रुँदासँगै रुँन्छु नि म !! 

जिन्दगीको लामो यात्रा सँग सँगै गरौ हामी
मर्दा तिमी सँगै मर्छु बाँच्दासँगै हुन्छु नि म !!



के हो साँचो के हो झुटो थाहा छैन मलाई त
तिम्रो बारे नाना थरी कुराहरु सुन्छु नि म!!

चन्द्रमा झैँ कंन्चन छौ छैन दाग तिमी भित्र
लागे दाग पछ्यौरीमा गंगा जलले धुन्छु नि म !!

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: