Pages

Wednesday, January 11, 2012

गजल

घामले ज्योती छरेर होला उज्यालो जगत
जूनले लाली भरेर होला रातैछ छ न त !१!

सक्दिन बाँच्न भएर टाढा फर्कन्छु छिट्टै म
कसरी बाँचु मरेर यहाँ तिमी नै भन त !२!

रसिलै बोल नमिठो बोली बोलेर के हुन्छ ?
नजरमा आफ्नै झरेर तुथ्छ नबोल फगत !३!


मारे भो पाप पाले छ पुण्य बिचार तिम्रै हो
नागले जस्तो डसेर मार्न छोड न अब त !४!

मुटुमा छुरा रोपेर गयौ आएछौ फर्केर
नजिकै तिम्रो सरेर फेरी गर्दैछु स्वागत !५!

दुख्दै छ मुटु चर्किन्छ छाती निधौरो मुहार
वैरीले आँखा तरेर होला सुक्दैछ रगत !६!

देशको निम्ती हाँसेरै मर्छु मरिछु भने म
नेपालै बन्द गरेर तिमी नखोज नगद !७!

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: