आफ्नै खुशी पगालेर मन्को छानो छापेकै छु!!
नझोस भो अगुल्टाले भित्र भित्रै पाकीसके
च्यापी मुटु सनासोले ओदान माथि रापेकै छु !!
शरीरमा कात्रो बेरी निस्केको छु लडाइमा
किन डर मान्नु मैले आफ्नो आयु नापेकै छु !!
निस्ठुरी छ दैब पनि दु:ख माथी पीडा थप्छ
कती दिन्छौ देउ अझै चुपचाप खापेकै छु !!
चर्किएर दुख्छ छाती भकानिदै काम्छ मुटु
अतितको ब्यथा संम्झी अझै लुगलुग कापेकै छु !!
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
1 सुझाबहरु:
nice
Post a Comment