Pages

Monday, December 30, 2013

गजल

यो उमेरमा अझै पनि म्केका छन् बुढा बुढी
साँझ पर्दा नपर्दै पो म्सेका छन् बुढा बुढी!!


जमनाको आनामाना घिउ खाएर हुनसक्छ
जवानीको लौरो सेक्न ठेका छन् बुढा बुढी!!

हुर्किएका छोरा छोरी लाखा पाखा लागेपछी 
एक अर्काको साहारामा जुटेका छन् बुढा बुढी!!

मर्दा आगो दिन छोरो फर्किएर आँउछ भन्दै 
दोबाटोमा आँखा ओछ्याइ राखेका छन् बुढा बुढी!!

छोरा पाए बुहारीको छोरी ज्वाँईको हुने भन्दै
आफ्नै कर्म धिक्कारेर रोएका छन् बुढा बुढी!!


जीतु खड्का गाउँउले 
मोरङ उर्लाबारी 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: