Pages

Saturday, April 26, 2014

गजल

जिन्दगीको गर्हौ भारी बिसाएर आयो 
केही वर्ष प्रवासमा बिताएर आयो !१!  

छाती पिट्दै नरोउ आमा ब्यूँझीदैन अब 
तिम्रो छोरो संधैलाई निधाएर आयो !२!  


सोच्दोहोला सरकार यो जो मरेनी के भो?
जे भए नि रेमिट्यान्स त भित्राएर आयो!३!   

पिरोल्दैन उस्लाई अब गरीवीले कहिले 
अभावका झोली झ्याम्टा लुकाएर आयो!४! 

सुनका बाला दिउला भन्दै गएको त्यो स्वामी 
पियारीका हातका चुरा फुटाएर आयो !५! 



जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल-साउदी अरब 











Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: