Pages

Saturday, May 17, 2014

गजल

जबसम्म तेरो जवाफ आउँदैन म सोधिरहन्छु 
मेरा हर ती प्रश्नका जवाफ म खोजिरहन्छु !! 

ए जिन्दगी कहिलेसम्म तँ बिध्वंस मच्चाउछस् 
म पहाड बनी तेरै सामुन्नेमा उभ्भिरहन्छु !!

बोरु लाटै रहुला म जिन्दगी भर नबोलौला 
सत्य बोल्दा जीव्रो मेरो थुत्छौ भने बोलिरहन्छु !!

रगत त आफ्नाले नि पिएका छन् संख नबजाऊ 
ए लामखुट्टे पिएर जाऊ निधाउँदिन जागिरहन्छु!!

काल बाँनी के तर्साउछ्स् अँध्यारामा गाउँलेलाई 
खुलेआम आईज दिउसै तँसँग म लडिरहन्छु !!

जीतु खड्का गाउँले 
मोरंग उर्लाबारी 
हाल-साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: