Pages

Friday, July 31, 2015

गजल ( अल्छे स्वाँठ )


जान्दैन हिड्न दगुर्न थाल्छ 
सिकाए उल्टै भकुर्न थाल्छ !!

वानर झैँ बाठो ठान्दछ आफै 
सिक्दैन खान हसुर्न थाल्छ !!

लगाए काम भाच्दैन सिन्को 
मुखैले कुरा कथुर्न थाल्छ !!


रिसाई आफ्नो परछायाँ संग 
खनेर खाल्डो के पूर्न थाल्छ!!

अरुलाई भन्छ के साह्रो अल्छी 
बसेकै ठाउमा ऊ घुर्न थाल्छ !!

संबिधानको धारा खैतिस उपधार क अनुसार पुच्छरमा नाम नलेखे नी गजल जीतु खड्का गाउलेको भनेर बुझ्नु पर्ने छ !
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: