Pages

Friday, July 31, 2015

गजल

सृजना नी आफ्नै लाग्छ बन्दना नी आफ्नै 
कल्पनाको कुरै छोड्नुस् सम्झना नी आफ्नै!!

कस्लाइ राखौ कस्लाइ हटाउ मुटुवाट मैले 
तृर्सना लाइ राखु भने भावना नी आफ्नै !!

आँखाभरी सपना सजाई यथार्तमा बाँच्छु 
सपना नी आफ्नै लाग्छ बिपना नी आफ्नै !!


निश्चल मन बोकी जव मन्दिर भित्र छिर्छु 
थपना नी आफ्नै लाग्छ अर्चना नी आफ्नै !!

चाहानाका कयौ जवान मुटुभित्रै लड्छन् 
गण गुल्म मेरो आफ्नै पृतना नी आफ्नै !!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: