Pages

Friday, July 31, 2015

गजल

लौ हेर्नुस् रमिता दिन दाहाडै
लुटीदै छे सीता दिन दाहाडै !!

काखी च्यापेर दाताको बाइबल 
सर्खार नजला गीता दिन दाहाडै!!

बन्दैन देश गफैले सुजर्ल्यान्ड 
नदेउ भाषण पबिता दिन दाहाडै!!


दुइटा श्रीमान् हाम्रो स्वाभिमान 
भन्दै थी रे ललिता दिन दाहाडै!!

छोरीको फिक्री छोडीदिनुस् अब 
छोरो लुटिने भो पिता दिन दाहाडै!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: