Pages

Saturday, August 01, 2015

गजल

न त बिघा न त कठ्ठा धुर पाँए अंश लिदा 
सिलबरे बोटुको र कन्तुर पाँए अंश लिदा !!

मुत्ने घुरान मात्र थियो खेती गरी खाँउ भने 
त्यसैले त मेरो भागमा लाहुर पाँए अंश लिदा!!

दाजुभाईले बाँड भन्दै लैनो भैंसी दिए बाले 
बाँढ्दा खेरी सिग पुछर खुर पाँए अंश लिदा !!


टाट्नो भरी बाख्रा थिए खोर भरी कुखुरा थे 
अन्डा खाँउ कि मासु मैले?मुजुर पाँए अंश लिदा!!

हुक्का भा'नी तान्थे होला घुरघुर पार्दै आँगनीमा 
हत्तेरिका एकै खिली चुर पाँए अंश लिदा!!

जितु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: