Pages

Friday, March 10, 2017

गजल

रजस्वला हुन पनि एउटा नारी हुनुपर्छ 
झन नानि पाउन त बिहेबारी हुनुपर्छ !!

नर नारी बराबरी अँह हुनै सक्दैन यो 
बराबरी हुने भए जुँगा दारी हुनुपर्छ !!

सडकको नालीभित्र एउटा शिसु फेला पर्यो 
नालीभित्र शिसु फाल्ने आमा कुमारी हुनुपर्छ!!

सम्बन्धमा एकल भा'कि ति महिलालाई हेर्छु 
लाग्छ उमेर पचासको हाराहारी हुनुपर्छ!!

परदेसीले देश फिर्नु अघि यहि सोच्नेगर्छन 
सुत्ने घुरान हुनु पर्छ मुत्ने बारी हुनुपर्छ !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: