Pages

Friday, March 17, 2017

गजल


भगवानले हिमालय के सोचेर बनाए खै
अन्नपूर्ण मेघालय के सोचेर बनाए खै?

मन्त्री बन्ने योग्यता चै औठाछाप भएपछी
नेता ज्युले बिद्यालय के सोचेर बनाए खै?

आफुलाई सभ्य ठान्ने शहरका यि मान्छेले
भान्सा सगै शौचालय के सोचेर बनाए खै?


भन्नेहरु यसै भन्छन् मुल्यवान छ समय यो
तिनैले त्यो प्रतिक्षालय के सोचेर बनाए खै?

निराकार छन् भगवान हाम्रो वेद यसै भन्छ
पण्डित जी ले शिवालय के सोचेर बनाए खै?

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी 

हाल साउदी अरब 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: