Pages

Monday, March 17, 2014

गजल (होली विशेष )

हामी बिचको सम्बन्ध यो जनम जनम रहिरहोस्
नमुना यो यस्तो होस् जो अनुपम रहिरहोस् !! 

एकताको रंग घोली खेलौ होली सद्भभावको 
संम्झनाका तरेलीमा रमझम रहिरहोस् !!

पानी माथि अडेको छ विश्वासमा संसार यो 
चाहन्छु म हामी बिच यो सङ्गम रहिरहोस्!!


विस्वासले अविश्वासका खाडलहरू पुरी आऊ 
नतोडियोस सहमती वाचा कसम रहिरहोस्!!

कामना छ गाउँलेको यो होलीको रंगसँगै 
नमेटियोस ओठमा खुशी हरदम रहिरहोस्!!

जीतु खड्का गाउँले 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: