Pages

Sunday, March 30, 2014

गजल

गजल

बयान के गर्नु आफै सन्त्रासका अक्षरहरू मेरा 
बियोगले भरिपूर्ण प्रबासका अक्षरहरू मेरा !!


टोलाउदै ई औलाले आफ्नै कथा बादल माथि कोर्छु 
बुझ्नुहुन्छ महोदय आकाशका अक्षरहरू मेरा!!

गजलका शेर बन्छन् मनको बह पोख्दा पनि यहाँ 
बहकिदै कोरिएका अनायासका अक्षरहरू मेरा !! 


ढंट्वारे हुँ रङमञ्चको नकाब छ मुहारमा मेरो 
उस्तै हुन्छन दु:ख अनि उल्लासका अक्षरहरू मेरा !!

गाउँलेको हाँसो भित्र कुन्ठित भै लुकेका ती पीडा
व्याख्या गर्छ यो आँखाले आभासका अक्षरहरू मेरा!!

जीतु खड्का गाउँले 

नोट: प्रवासका अक्षरहरु गजल संग्रहको आवरण चित्र जे. सागर जी ले ट्याग गर्नु भएको रहेछ मलाइ
यो संग्रह भित्र मेरा नी ५ गजल समेटिएका छन तै पनी यो आवरण देखेर यो लोगोलाई सम्बोधन गर्ने खालको एउटा गजल लेखु लेखु लागेर कोरेको मात्र हु
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: