Pages

Saturday, April 26, 2014

गजल (गैर रदिफ )

लुटिने  भो कोही आज जलपानको नाउमा 
मन्त्री ज्युको सवारी भो आज फेरि गाउँमा !!

सहिद भन्दै नसम्झाउ गुमाएको छोरो 
रुन सक्ने तागत छैन मेरा बुढा बाउमा!!

काला गए गोरा आए आसनमा बस्न 
जो जो आए महंगी नै थपीदिए फाउमा!!

 अन्यायको विरुद्धमा उचालेर जनता 
बोल्नुहुन्छ स्वार्थ कुर्सी च्याँखे थापी दाउमा!!

गाउँलेको छाती त्यसै चर्याएको होइन 
नून छर्की गएका थे आफन्तले घाऊमा!!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: