Pages

Saturday, April 26, 2014

गजल

अचानो झै छाती मेरो थिलथिल भएको छ 
र पो आँशु आँखाभरी टिलपिल भएको छ !!

जहाँ जहाँ तिमी हिड्यौ त्यही त्यही मुटु राखे 
कुल्चिएर जाँदा तिम्ले खिलैखिल भएको छ !!

जब तिम्ले छोडि गयौ अँध्यारो भो जिन्दगी यो 
तिम्रो भने घर आँगन झिलमिल भएको छ !!

सक्छौ भने बिर्स मलाई बाँच्दिन म धेरै अब    
मर्ने रहर थेंन सास फर्नै मुस्किल भएको छ !!

गाउँलेलाई आँशु थमाइ खुशी बोकी बिदा लियौ  
सोच्या थेन यस्तो होला यो स्वप्निल भएको छ!!

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: